लागुऔषध सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लागुऔषध सहित ३ जना पक्राउ

pakrau

झापा, २९ मंसिर । झापाको मेचीनगर नगरपालिका–७ बाट आईतवार बेलुका नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

उक्त स्थानमा पैदल हिडिरहेका मोरङको सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, मोरङकै उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारगन ६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);