५० किलो चरेशसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

५० किलो चरेशसहित एक जना पक्राउ

pakrau

काठमाडौं, २८ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले मंसीर २७ गते राती करीव ५० के.जी. चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दिपक मगरलाई पक्राउ गरेको छ ।
         

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।
       

बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो । उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ ।
       

उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);