आप्रवासी कामदारको अधिकार लागि अन्तराष्ट्रिय सम्मेलन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आप्रवासी कामदारको अधिकार लागि अन्तराष्ट्रिय सम्मेलन हुँदै

aaprabasi meeting

काठमाडौं, २१ कात्तिक । नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरुको मानव अधिकार हनन हुन नदिने उद्देश्यका साथ यही कार्तिक २६ गतेदेखि २८ गतेसम्म राजधानीमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका कार्यरत अन्तराष्ट्रिय संघ, संस्था र सामाजिक संघ, संस्थाहरुका प्रतिनिधिहरु सहभागी हुने पनि आयोगका सदस्य सुदिप पाठकले जानकारी दिनु भयो ।

आयोगले अन्तराष्ट्रिय सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशीया तथा एशीया प्रशान्त क्षेत्रका मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा पनि गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु हुने सो अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);