काठमाडौंमा अन्तराष्ट्रिय स्तरको किसान सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौंमा अन्तराष्ट्रिय स्तरको किसान सम्मेलन सुरु

kishan sammelan

काठमाडौं, २६ फागुन ।  काठमाडौंमा अन्तराष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ । काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गरिएको हो ।

‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ नाम दिइएको उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी गरे । उनले मानव स्वास्थ्यका लागि स्वस्थकर खाद्य बस्तु उत्पादन गर्न पनि कृषकहरुलाई आग्रह गरे ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वन भित्र पनि खेती गर्ने योजना तय गरेको बताए । त्यसका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पु¥याएको मन्त्री खनालले जानकारी दिए ।

३ दिनसम्म चल्ने सो सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेशिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिव ३ सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);