८ औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

८ औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सुरु

khadya sammaelan

काठमाडौं, ८ असार । ८ औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सूरु भएको हो ।

सम्मेलनको उदघाटन गर्दैै उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि उत्पादकत्वको अवस्था निराशाजनक रहेको भन्दै अब आधुनिक कृषि प्रणालिको विकास गर्नुपर्नेमा जोड दिए ।  उनले वार्षिक ३० अर्ब मूल्यको खाद्य बस्तु आयात गरिरहनु परेको वर्तमान अवस्थाबाट मुलुकलाई मुक्त गराउन पनि खाद्य प्रविधिको विकासमा जोड दिइनुपर्ने बताए । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कृषि मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले यसको उचित व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए । उनँले कृषि उत्पादन र बजारीकरणका लागि सरकारलाई आवश्यक सुझाव दिन सरोकारवालासँग आग्रह गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका कृषि विज्ञहरु सहभागी भएका छन । मुलुकलाई समृद्ध बनाउने अभियानमा कृषि क्षेत्रको योगदानलाई बढाउँदै लैजान आवश्यक योजना तय गर्न सम्मेलन सफल हुने आयोजकको दावी छ । ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);