छुट्टाछुट्टै घटनामा दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

accident

अजितकुमार झा
इनरुवा, ८ असार । सुनसरीमा बिहिबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका ३ मा मोटर साइकल दुर्घटनामा परि बिहिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेजनारायण मेहताको ११ वर्षिय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनरीले जनाएको छ । गाउपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्वरको मोटरसाइकलले साईकल यात्री प्रसान्तलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदिप मेहता, उहाँको ६ वर्षिय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहता समेत समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यसैबीच सुनसरीको बर्जु गाउँपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ठुलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षिय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);