सप्तरी घटनामा घाइते भएका बिरेन्द्र महतोको उपचारका क्रममा निधन, मृत्यु हुनेको संख्या चार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सप्तरी घटनामा घाइते भएका बिरेन्द्र महतोको उपचारका क्रममा निधन, मृत्यु हुनेको संख्या चार पुग्यो

२५ फाल्गुन, सप्तरी । सप्तरी घटनामा गोली लागी घाइते भएका अर्का एक जनाको मृत्य भएको छ ।

सप्तरी घटनामा घाइते भएका बिरेन्द्र महतोको उपचारका क्रममा निधन

२५ फाल्गुन, सप्तरी । सप्तरी घटनामा गोली लागी घाइते भएका अर्का एक जनाको मृत्य भएको छ ।

यो सँगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सप्तरीको मलेठ गाउँ विकास समितिको वडा नम्वर–२ घर भएका अन्दाजी ३२ वर्षिय बिरेन्द्र महतोको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

महतोको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो । यस अघि प्रहरीले चलाएको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय रञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय आनन्दकुमार साहको मृत्यु भएको थियो ।

यसैगरी पेटमा गोली लागेका जमुनी निवासी इनरदेव यादवको अवस्था गम्भीर रहेको तथा अन्यको सघन उपचारकक्षमा उपचार भईरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);