मधेसी मोर्चाद्वारा कपिलबस्तु बन्द, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मधेसी मोर्चाद्वारा कपिलबस्तु बन्द, जनजीवन प्रभावित

२५ फाल्गुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनाको बिरोधमा आज कपिलवस्तु बन्द गराएका छन् ।

मधेसी मोर्चाद्वारा कपिलबस्तु बन्द

२५ फाल्गुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनाको बिरोधमा आज कपिलवस्तु बन्द गराएका छन् ।

मोर्चाको बन्दका कारण कपिलबस्तुको जनजीवन प्रभावित भएको छ । मधेसको समस्या समाधान नगरि सरकारले निर्वाचनको मिति घोषणा गरेको र विनाकुनै कारण सप्तरीमा प्रहरीले गोली चलाएको भन्दै उनीहरुले बन्द गराएका हुन् । मोर्चाको बन्दका कारण कपिलवस्तु सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, चाकरचौडा लगायतका क्षेत्रका उधोगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था प्रभावित भएका छन ।

बन्दले सदरमुकाम तौलिहवाबाट छुटने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने पूर्वपश्चिम राजमार्ग क्षेत्रमा छिटपुट रुपमा सवारी साधन चलेका छन ।  वन्दका कारण कृष्णनगर र सुठौली भन्सार समेत प्रभावित भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);