राजपाको बन्द सर्वसाधारणलाई सास्ती, तालिममा सहभागि हुन गएका सहायक मतदान अधिकृत प्रदर्शनकारीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजपाको बन्द सर्वसाधारणलाई सास्ती, तालिममा सहभागि हुन गएका सहायक मतदान अधिकृत प्रदर्शनकारीको नियन्त्रणमा

३१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीको बन्दका कारण बुधबार पनि तराइका विभिन्न जिल्लाका सर्वसाधारणले सास्ती भोग्नु प¥यो । बन्द गराउँदै हिँडेका राजपाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । विषेशगरी राजपाको प्रभाव क्षेत्र दुई नम्बर प्रदेशका बजार तथा कलकारखान ठप्पप्राय भए । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो ।

राजपाको बन्द सर्वसाधारणलाई सास्ती

३१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीको बन्दका कारण बुधबार पनि तराइका विभिन्न जिल्लाका सर्वसाधारणले सास्ती भोग्नु प¥यो । बन्द गराउँदै हिँडेका राजपाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । विषेशगरी राजपाको प्रभाव क्षेत्र दुई नम्बर प्रदेशका बजार तथा कलकारखान ठप्पप्राय भए । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो ।

असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन विथोल्ने उद्धेश्यसहित राजपा नेपालले आह्वान गरेको बन्दका कारण तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बुधबार पनि राजपाको प्रभाव रहेको क्षेत्रमा लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेन भने बजार कलकारखान ठप्पप्राय भए । जसका कारण सर्वसाधाररणले सास्ती बेहोर्न प¥यो । राजपका कार्यकर्ता तोडफोडमा उत्रिएपछि केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो । रौतहटकोगौर स्थित सिसुवाचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरी जवान घाइते भए । राजपाका केही कार्यकर्ता पक्राउ परेका छन् ।प्रदर्शनकारीले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप भएको हो । झडपमा घाइते प्रहरी जवानको एउटा हात भाँचिएको छ । बन्द अवज्ञा गरेको भन्दै प्रर्दशनकारीले ना ३ ख ५६२२ नम्बरको यात्रुबस तोडफोड समेत गरेका छ । राजपाका कार्यकर्ताहरुले विहानैदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।

त्यस्तै राजपाका कार्यकर्तालेमहोत्तरी सदरमुकाम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् ।फोरम कार्यालयमा कोही नभएको मौकाछोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सप्तरीमाराजपाका कार्यकर्ताहरुको ५५ जना सहायक मतदान अधिकृतहरुलाई एक घण्टा नियन्त्रणमा लिएर छाडेका छन् । तालिममा सहभागि हुन गएको सहायक मतदान अधिकृतहरुलाई तालिममा सहभागी नहुन चेतावनीसहित छाडिएको हो ।राजपा कार्यकर्ताहरुले करिब सात सयजनाको लागि आयोजना गरिएको तालिममा कसैलाई पनि प्रवेश गर्न नदिएपछि तालिमस्थगित भएको छ । बन्दका कारण मध्य पश्चिमका जिल्लाहरुको  जनजीवन पनि प्रभाबित बन्यो । बाँकेमा राजपाका कार्यकर्ताहरु बिहानै देखि विभिन्न स्थानमा प्रदर्शन गरे । बाँकेको  पुष्पलाल चोक,विपि चोक,त्रिभुवन चोक, विरेन्द्र चोक लगायतका स्थानमा राजपाका कार्यकर्ताहरु विहानै देखि प्रदर्शनमा उत्रिए । बन्दले दैनिकी प्रभावित बनेको भन्दै सर्बसाधारणले बन्दको बिरोध गरेका छन । यसैबीच राज्य पुनस्संरचनापछि पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न आतुर मतदाता मधेस केन्द्रीत दलबीचको कार्यगत भिन्नताले अन्योलमा परेका छन् । मधेसकेन्द्रित केही दल निर्वाचनमा सहभागिता जनाउँदै भोट माग्न व्यस्त छन भने हालै ६ दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी निर्वाचन बिथोल्ने कार्यक्रमसहित सडकमा ओर्लिएको छ । जसका कारण मतदाता  अन्यौलमा परेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);