बन्दका कारण कैलालीको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बन्दका कारण कैलालीको जनजीवन प्रभावित

कैलाली, ३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएको छ ।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइको माग गर्दै नेकपाले आज कैलाली बन्द गराएको हो । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले नेकपाका कमल क्षेत्री, भरतबहादुर शाह, हृदय बोगटी र पुरन खनाललाई पक्राउ गरी मुद्दा चलाएको छ ।

बन्दका कारण कैलालीमा लामा तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार क्षेत्र बन्द रहेका छन् । जसका कारण यात्रुहरु बीचबाटोमै अलपत्र परे ।

नेकपाले घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि भएको सांघातिक आक्रमणमा आफ्नो पार्टीको कुनै हात नरहेको दाबीसमेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);