नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बन्याे : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बन्याे : प्रचण्ड

काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनेको बताएका छन् ।

शनिबार राजधानीमा दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको सफल कार्यान्वयनसंगै नेपालमा लगानीको संभावना बढेको बताए ।

राजनीतिक संक्रमणको बिभिन्न कालखण्ड पुरा गरेर नेपाल अब विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै उनले समृद्धि र विकासको अभियानमा सहयोग गर्न आग्रह गरे ।

उनले नेपालको राजनीतिक रुपान्तरणमा आफ्नो पनि महत्वपूर्ण भुमिका रहेको भन्दै त्यसले आफुलाई गौरवान्वित बनाएको उल्लेख गरे ।

तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्दै उनले शान्ति, स्थायित्व र समृद्धिको आशा भने अझै पुरा भईनसकेको उल्लेख गरे ।

दक्षिण एशियाली राष्ट्रहरुले महत्वकांक्षी लक्ष्य लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती गर्न नहुने भन्दै उनले साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्तिको आवश्यकता औल्याए ।

विकास तथा समृद्धिको सम्भावना र दक्षिण एशियाका देशहरुले अनुभुति गरिरहेको लाभका बीचमा ठूलो धरातलीय अन्तर रहेको भन्दै उनले अर्थपूर्ण क्षेत्रीय एकतामा लाग्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);