समृद्ध नेपाल सुखी नेपालीको लागि सरकार लागि परेको प्रधानमन्त्री ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

समृद्ध नेपाल सुखी नेपालीको लागि सरकार लागि परेको प्रधानमन्त्री ओलीको दाबी

pm oli

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुखसहितको समृद्धि चाहेको बताउनु भएको छ ।

शुक्रवार सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका पदाधिकारीहरुसंगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गर्नुभयो । उहाँले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र यस क्षेत्रका जनताले सुख पाएको हेर्न नेपाल आतुर रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नु भयो । प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवा र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिस रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गर्नु भयो । उप्रधानमन्त्री ओलीले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताउनु भयो । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।उहाँले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);