मानव विकास सूचकांकलाई आधार बनाएर बजेट तय गर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

मानव विकास सूचकांकलाई आधार बनाएर बजेट तय गर्न सुझाव

काठमाडौं, २० बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव विकास सूचकांकलाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट तय गर्न सरकारसँग माग गर्नु भएको छ । मुख्यमन्त्री शाहीले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी पिछडिएका क्षेत्रको उत्थानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले सबै प्रदेशको सन्तुलित विकासनै संघीय सरकारको मुख्य लक्ष्य हुनुपर्ने धारणा पनि राख्नु भयो । मुख्यमन्त्री शाहीले खाना र लुगाको समेत समस्यामा रहेका कर्णाली प्रदेशलाई संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आशा पनि व्यक्त गर्नु भयो ।

कर्णाली प्रदेशले त्यहाँको स्रोत र साधनको उचित व्यवस्थापन हुने गरी बजेट विनियोजन गर्न संघीय सरकारलाई दवाव दिँदै आएको छ । मुख्यमन्त्री शाहीले कर्णालीको स्रोत परिचालनमा प्रदेश सरकार केन्द्रित रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);