प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको माग

काठमाडौं, २८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नु भएको छ ।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनको काम तीन वटै तहमा भएपनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तीन वटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताउनु भयो ।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);