२२ दिन भित्र सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पुग्छ : सामान्य प्रशासन मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

 

३१ साउन, काठमाण्डौँ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कामका ढिलाई नहुने स्पष्ट पार्नु भयो । कर्मचारीको अभावमा स्थानीय तहको काम प्रभावित भइरहँदा मन्त्री बस्नेतले २२ दिन भित्र सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पुर्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले दूर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिन कर्मचारीहरुलाई थप प्रोत्साहनको व्यवस्था गर्न लागिएको पनि उल्लेख गर्नु भयो । सरकारले कर्मचारीसँगै स्थानीय तहमा आवश्यक भौतिक संरचनाको प्रबन्धका लागि सबै मन्त्रालय र निकायहरुसँग आवश्यक समन्वय र पहल गर्ने कार्ययोजना पनि तयार पारेको छ ।

 

मन्त्री बस्नेतले ऐन विपरित कर्मचारीलाई काजमा खटाउने कार्यलाई कडाईका साथ नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले कर्मचारीको सरुवाको स्पष्ट र बैज्ञानिक मापदण्ड तय गर्न लागिएको जानकारी पनि दिनु भयो । मन्त्री बस्नेतले जनतासँग प्रत्यक्ष जोडिएका सेवाहरुमा जनशक्तिको अभाव हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो ।

 

सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीहरुको राष्ट्रिय नीति तयार गरी एक महिना भित्र जारी गर्ने प्रतिवद्धता पनि जनाउँदै आएको छ । मन्त्री बस्नेतले निजामती सेवा ऐन, २०४९ लाई आवश्यक परिमार्जन गर्न लागिएको पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);