बाँकेको खजुरामा भएको कुटपिटको घटनाप्रति कांग्रेको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाँकेको खजुरामा भएको कुटपिटको घटनाप्रति कांग्रेको आपत्ति

congress

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तरगत बांकेको खजुरामा भएको कार्यक्रममाथि भएको आक्रमण घटनाले सत्तारुढ दल र प्रमुख विपक्षीबीच विवाद बढाएको छ ।

घटनामा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेस नेता तथा कार्यकर्ता घाइते भएको भन्दै बिहीबार नेपालगंजमा नेपाली कांग्रेसले विरोध -याली निकाल्यो ।

नेपाली कांग्रेसका अनुसार कार्यक्रममा आक्रमण हुँदा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने केही कार्यकर्ता घाइते भएका छन् । १४/१५ जनाको समूहमा प्रवेश गरेर कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको कांग्रेसको आरोप छ ।

शुक्रवार विहानैदेखि नेपाली कांग्रसका कार्यकर्ता तथा समर्थकहरु सडकमा उत्रिएर घटनाको विरोध गरेका छन् । नेपाली कांग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी बांकेको खजुरामा भएको घटनाप्रति निन्दा गरेको छ ।

जागरण अभियान कार्यक्रमस्थलमा सत्तारूढ नेकपाका वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा १४/१५ जनाको समूहले आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ । घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कार्वाही गर्न कांग्रेसले माग गरेको छ ।

कांग्रेसले घटनालाई गम्भीरताका साथ हेरेकोले शनिबार अपरान्ह ३ बजे काठमाण्डौको माईतीघरमा शान्तीपुर्ण आन्दोलन गर्ने कांग्रेसले जनाएको छ । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नभएको कांग्रेसको भनाई छ ।

यता गृहमन्त्री रामबहादुर थापाले बांके घटनामा नेकपाको कुनै संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ । राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकमा उहाँले घटनामा नेकपाका कुनै पनि कार्यकर्ताको संलग्नता नरहेको बताउनु भएको हो । गृहमन्त्री थापाले घटनामा तीन जना पक्राउ परेका र दोषी पत्ता लगाई कारबाही गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

बांकेको खजुरामा भएको घटनाको विरोधमा नेपाली कांग्रेसले बिहीबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । सडकमा टायर बाली कांग्रेसले विरोध -याली नै निकालेको थियो ।

नेकपा बांकेले पनि घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएको छ भने केन्द्रमा गृहमन्त्रीले पनि नेकपाको संलग्नता नरहेको बताउनु भएको छ । तर कांग्रेस नेता तथा कार्यकर्ताले भने नेकपा कार्यकर्ताले नै सत्ताको आडमा कांग्रेसको कार्यक्रम बिथोल्न आक्रमण भएको आरोप लगाउँदै आएको छ । दोषीलाई कारबाही नगरेसम्म कांग्रेसले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);