जागरण अभियानको आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जागरण अभियानको आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन

kiran CONGRES

बाँके, २७ भदौ । बाँकेको खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा आयोजित नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् ।

पार्टीको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तरगत भएको उक्त कार्यक्रममा आक्रमण हुँदा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने केही कार्यकर्ता सामान्य घाइते भएका छन् । १४/१५ जनाको समूहमा प्रवेश गरेर उक्त क्षेत्रमा कांग्रेसले कार्यक्रम गर्न नपाउने भन्दै आक्रमण भएको हो । यहि विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन संवेदनशील नहुनुलाई सुनियोजित घटनाको रुपमा लिएको बताएको छ । साथै कांग्रेसले घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्दै शुक्रवार विहानै देखि नेपाली कांग्रसका कार्यकर्ता तथा समर्थकहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);