विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता दिने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता दिने प्रस्ताव

ram bahadur thapa-angikrit nagritka

काठमाडौं, २७ भदौ । गृहमन्त्री राम बहादुर थापाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले सिमा सुरक्षा, राष्ट्रियतालाई असर नपर्ने गरि अंगिकृत नागरिकता प्रदान गर्न आवश्यक संशोधन गरिएको स्पष्ट पार्नुभएको हो ।

गृहमन्त्री थापाले नेपाली पुरुषसंग विहे गर्ने महिलालाई नेपाली अंगिकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पार्नुभयो । सरकारले नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिला र नेपाली महिलासंग विहे गर्ने विदेशी पुरुषका लागि अंगिकृत नागरिकता पाउन निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उहाँको भनाई थियो ।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन ।

विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिलासंग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा छ । नेपाली कांग्रेसले भने अन्तरिम संविधान २०६३ अनुसार नै हुनुपर्ने पक्षमा छ ।

प्रस्ताव हुबहु पारित भएर कानून बनेमा विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);