सुनको मूल्य तोलामा एक हजार एकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

सुनको मूल्य तोलामा एक हजार एकले घट्यो

वैशाख २१  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

Leave a Reply

ताजा समाचार