सुनको मूल्यमा तोलामा ५ सय रुपैँयाले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्यमा तोलामा ५ सय रुपैँयाले घट्यो

काठमाडौं, १३ फागुन । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन तोलामा ५ सय रुपैँयाले घटेको जनाएको छ ।

बुधबार ८९ हजार ८ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बिहीबार रु ५ सयले घटेर ८९ हजार ३ सय निर्धारण भएको महासंघले जनाएको हो । तेजावी सुनको मूल्यमा पनि बिहीबार ५ सय रुपैँयाले नै घटेर तोलाको ८८ हजार ८ सय ५० मा निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलाको १३ सय ५५ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);