'निर्वाचनलाई सर्वस्विकार्य बनाउन संचार माध्यामको भूमिका महत्वपूर्ण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

‘निर्वाचनलाई सर्वस्विकार्य बनाउन संचार माध्यामको भूमिका महत्वपूर्ण’

काठमाडौं, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताउनु भएको छ ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई सर्वस्विकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भिर बहस गर्ने योजना पनि अघि सार्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);