निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख निर्वाचन आयुक्त थपलिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ ।

आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताउनुभएको हो ।

सोमवार निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उहाँले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । आयोगको ध्येय सो कानून निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीहरुले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो । उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गर्नुभयो ।

मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चि हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रश्ताव गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो । उहाँले ५० प्रतिशत भन्दा बढि मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतहः रद्द हुने व्यवस्था पनि सो मस्यौदामा उल्लेख गरिएको र त्यो प्रावधान निर्वाचन सुधारका लागि कोशेढुंगो सावित हुने दाबी गर्नुभयो ।

सो विधेयकको मस्यौदामा विदेशमा रहेका नेपालीहरुले पनि सम्बन्धित देशको कुटनीतिक नियोग वा राजदुतावासमार्फत मतदान गर्न पाउने, उपनिर्वाचनहरु जिल्ला निर्वाचन कार्यालयको नेतृत्वमा सम्पन्न गर्नेलगायतका प्रावधान पनि राखिएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);