ओलीको फेसबुकमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

ओलीको फेसबुकमा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा माधव नेपालसँगको तस्विर राखेपछि सामाजिक सञ्जालमा तरंग आएको छ ।

ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उक्त तस्विरमा ओली र नेपालसँगै बसेका छन् ।

समितिको बैठकमा यी दुई पूर्वप्रधानमन्त्रीहरूको सिट सँगै राखिएको थियो । ओलीले बैठकको तस्वीर भन्दै यो तस्वीर शेयर गरेका हुन् । उनले शुभ सन्ध्या भन्दै तस्विर हालेका छन् । ओली र नेपालबीच केहि समय यता सार्बजनिक रुपमा आरोपप्रत्यारोप चलिरहेको छ ।

Leave a Reply