आज सामाजिक सञ्जालमा कसको चर्चा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आज सामाजिक सञ्जालमा कसको चर्चा ?

काठमाडौं, ३ फागुन । प्रत्येक दिन विभिन्न विषयमा सामाजिक सञ्जालमा चर्चा परिचर्चा हुने गर्छ । पछिल्लो समय सकारात्मक नकारत्मक टिकाटिप्पणी गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । आजको सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा चयन र प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजीनामा दिएको विषयले रंगिएको छ ।

धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भावी कार्यकालका लागि शुभकामना दिएका छन् । राष्ट्रपति कार्यलयले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तीमा त्रुटीपुर्ण मितिलाई लिएर कतिपयले आलोचना गरेका छन् ।

समाजिक संजाल टुइटरमा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र टुइटमा लेखेका छन् –कहिलेकाहिँ मान्छेमा पीडाले अध्यात्म जगाउँछ । प्रम ओली र समर्थक प्रचण्डले जीवनमा धेरै पीडा बेहोरेका छन् । जीवनको यो कालखण्डमा विगतका पीडाले उनीहरूमा अध्यात्म जाग्यो र उनीहरूको ध्यान सतकर्ममा केन्द्रित भयो भने देशले ५ वर्षमा ठूलो फड्को मार्न सक्छ,भन्दै प्रधानमन्त्री आलीलाई बधाई दिएका छन् ।

त्यस्तै गायक प्रमोद खरेलले टुइटमा लेखेका छन् – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको शुभकामना । जनताको आशा धेरै छ, सत्ता सुविधा नातावादलाई बिर्सीएर साँचो रुपमा जनता र देशको हितमा सरकार कटिबद्ध बन्न सकोस, शुभकामना ।

यस्तै सेतेमन तामाङले टुइटरमा लेखेका छन् – जनताले फेरिफेरी नयाँ प्रधानमन्त्री र मन्त्री पाउँछन् तर मुहार फेर्न सक्ने प्रधानमन्त्री र मन्त्री कहिल्यै पाउन सकिएन ! जे होस् जनादेश अनुरुप प्रधानमन्त्री पाएकोमा बधाई, सधैं उखान टुक्कामा होइन, जनउत्तरदायी बन्न सकुन्, शुभकामना !

सुजन खनाल लेख्छन्– पटक पटक आउट भए पनि ब्याटिङ गर्न आउन मिल्ने नेपालको राजनीतिमा एक पटक पुन केपी ओली जनादेशको मुङग्रो बोकेर ब्याटिङ गर्न आएका छन् । आफ्नो पारी कसरी सम्हाल्छन हेर्न बाँकी छ ।

हरीओम तत्सतले ब्याङ्ग्यातमक शैलिमा लेखेका छन् – अब छुट्टीमा घर फर्कदा जहाजमा जाउँकी ंअन्तरिक्षय रकेटमा जाँउ दोधारमा छु । केपी ओली प्रधानमन्त्री जो हुनुभएको छ ।

रबिन बाबुले लेखेका छन् – लालुबाबु पन्डितलाई गृह तथा प्रशासन मन्त्री नै बनाउनुपर्ने ! घुषखोरी र अपराधीहरुलाई तह लगाउंथे ! जेहोस् लालुबाबू जस्तो नेता जुन मन्त्रालयको मन्त्री भएपनि देश र जनताको हीतमा काम हुनेछ ! बधाई तथा सफल कार्यकालको शुभकामना !!

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);