जनताको सेवामा प्रहरी संगठन प्रतिवद्ध : महानिरीक्षक अर्याल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

जनताको सेवामा प्रहरी संगठन प्रतिवद्ध : महानिरीक्षक अर्याल

इलाम, ३ फागुन । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको सेवामा प्रहरी संगठन प्रतिवद्ध रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय इलामको भवनको उद्धघाटन कार्यक्रममा महानिरीक्षक अर्यालले जनताको सेवामा प्रहरी संगठन प्रतिवद्ध रहेको बताएका हुन् ।

महानिरीक्षक अर्यालले प्रहरी संगठनको नीति विपरित काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिए। उनले नागरिकको हक प्रत्याभुत गर्न प्रहरी संगठन कटिवद्ध रहेकोकाले नराम्रा पक्षलाई हेरेर प्रहरीको मुल्याङकन नगर्न आग्रह गरेका छन् ।