जनताको सेवामा लाग्न प्रहरीलाई आइजिपीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जनताको सेवामा लाग्न प्रहरीलाई आइजिपीको निर्देशन

बारा, १८ भदौ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बिना मोल मोलाई जनताको सेवामा लाग्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा ब्यारेक तथा हिरासतको नवनिर्मित भवनको सोमवार उद्घाटन गर्दै महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउने काममा पूर्ण रुपमा चनाखो रहन प्रहरीलाई निर्देशन दिए।

उनले प्रहरीप्रति नागरिकको भरोसालाई कायम राख्न कुनै कसर बाँकी नराख्न मातहतका सबैलाई निर्देश दिएका छन् । प्रहरी महानिरिक्षक खनालले नागरिकको सह्योग पाए प्रहरी संगठनलाई एशियाकै उत्कृष्ट संगठन बनाउने दावी गरे ।

महानिरीक्षक खनालले उदघाटन गरेको नवनिर्मित कार्यालयको भवन दुई करोड ९५ लाख ६ हजार सात सय १७ रुपैयाँको लागतमा बनेको हो भने ब्यारेक दुई करोड ९५ लाख ९५ हजार सात सय ३८ रुपैयाँको लागतमा बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);