गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने सर्वेन्द्रको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने सर्वेन्द्रको चेतावनी

काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भिर चोट’ पु¥याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिए ।

बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न मातहतका निकायलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे । महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई अपिल गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);