गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही हुने सर्वेन्द्रको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही हुने सर्वेन्द्रको चेतावनी

काठमाडौं, ३ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गर्नु भयो ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराउनु भयो ।

जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई पनि आग्रह गर्नु भयो । त्यस अवसरमा उहाँले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);