चाडबाडमा मापसे गरेर सवारी चलाए कडा कार्वाही गर्ने प्रहरीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

चाडबाडमा मापसे गरेर सवारी चलाए कडा कार्वाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं, ६ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने बताउनु भएको हो ।

उहाँले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा संचालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो । त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि प्रमुख ढकालको भनाई छ ।

प्रमुख ढकालले दसैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि स्पष्ट पार्नु भयो ।