कैलालीमा भएको बम विस्फोटनको जिम्मा विप्लव समुहले लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कैलालीमा भएको बम विस्फोटनको जिम्मा विप्लव समुहले लियो

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीमा भएको बम विस्फोटनको जिम्मा लिएको छ । शुक्रवार पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम विस्फोट भएको उल्लेख गरेका छन् ।

उक्त घटनामा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको जनाइएको छ । घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गरिएको छ । विस्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा अर्का कार्यकर्ता लक्ष्मण सेराला गम्भीर घाइते भएका छन् । होटलमा चिया पिइरहेका बेला उक्त घटना भएको थियो । त्यसैगरी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उपचार भइरहेको छ । घटनास्थलमा एउटा चाइनिज पेस्तोलसमेत भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);