Our Network

वैशाख २४ २०७८, शुक्रबार

इराकको राजधानी बगदादमा बम विस्फोट, ४ को मृत्यु, १ घाइते

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शिया जिल्लाको व्यस्त बजारमा भएको कार बम बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । इराकी सेनाले भने विस्फोटमा परेर एक जनाको मात्र मृत्यु भएको र १२ जना घाइते भएको दावी गरेको छ ।

उक्त बम बिस्फोटमा परेर पाँच वटा कार क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । बजारमा पार्क गरेर राखिएका कारसँग विस्फोटक पदार्थ राखिएको कार ठोक्काइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसअघि गत जनवरीमा आईएसआईएल र आईएसआईएसका लडाकूले गराएको बिस्फोटमा ३२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply