इराकमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ३५ को मृत्यु, दर्जनौँ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इराकमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ३५ को मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । इराकको राजधानी बगदादमा साेमबार आत्मघाती बम विस्फोटमा परी कम्तिमा ३५ जनाको मृत्यु भएकाे र दर्जनौँ घाइते भएका छन् ।

मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रकाे एउटा व्यस्त बजारमा  विस्फोटन भएको हो।

यस घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ। इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।

तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए। गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको छ।

सुरक्षा स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार आत्मघाती बम विस्फोटमा परी मारिनेहरूमा महिला र बालबालिका पनि थिए। विस्फोटमा केही पसलहरूमा पनि आगलागी भएको बताएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);