फिलिपिन्सको दक्षिणी क्षेत्रमा दुई वटा बम विस्फोट, ११ जनाको मृत्यु, ४० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

फिलिपिन्सको दक्षिणी क्षेत्रमा दुई वटा बम विस्फोट, ११ जनाको मृत्यु, ४० जना घाइते

एजेन्सी, ८ भदौ । फिलिपिन्समा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ । फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

विस्फोटमा परी ४० जना घाइते भएका छन् । राजधानी मनिलाबाट करिब एक हजार किलोमिटर टाढा रहेको जोलोको मुख्य सडकमा सोमबार बम विस्फोट गराइएको हो । घरमै बनाइएको बम मोटरसाइकलमा जडान गरेर विस्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विस्फोटबाट केही पसलहरु र सेनाको दुई वटा ट्रकमा क्षति पुगेको बताइएको छ । पहिलो विस्फोट भएको केही बेरमै दोस्रो बम विस्फोट गराइएको थियो । पहिलो विस्फोटबाट ५ जना सैनिक र ४ जना सर्वसाधारणको तथा दोस्रो विस्फोटबाट एक जना सैनिक र आत्मघाती विस्फोट गराउने संदिग्ध महिलाको मृत्यु भएको जनाइएको छ ।

सुलु प्रान्तमा इस्लामिक स्टेट आईएससँग सम्बन्ध भएको विद्रोही समूह अबु सैयफको प्रभाव रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);