नेसन्स लिग फुटबलका लागि आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेसन्स लिग फुटबलका लागि आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा

एजेन्सी, ८ भदौ । युरोपियन फुटबल एसोसीएसन यूईएफए नेसन्स लिग फुटबलका लागि रिपब्लिक आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । नेसन्स लिग फुटबलका लागि आयरल्याण्डले सोमबार २४ सदस्सीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक स्टेफेन केनीले घोषणा गरेको टिममा दुई खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

यू–२१ टोलीका सदस्य जयसन मोलुम्ब्य र एडम एलदाहले सिनियर टिममा स्थान पक्का गरेका छन् । नेसन्स लिगको पहिलो खेलमा आयरल्याण्डले सेप्टेम्बर ३ मा बुल्गेरियासँग खेल्नेछ । त्यसको तीन दिनपछि आयरल्याण्डले बुल्गेरियासँग खेल्ने तालिका रहेको छ ।

सन् २ हजार १८ देखि सुरुभएको यूईएफए नेसन्स लिग फुटबलको पहिलो संस्करण पोर्चुगले जितेको थियो । युरोपका ५५ मुलुकबीच हुने यो प्रतियोगिता आगामी सेप्टेम्बर ३ तारिखदेखि सुरु हुनेछ । फाइनल खेल सन् २ हजार २१ को जुन महिनामा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);