यूईएफए नेसन्स लिग : जर्मनी र स्पेनबीचको खेल बराबरीमा ,युक्रेनले स्विजरल्याण्डलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यूईएफए नेसन्स लिग : जर्मनी र स्पेनबीचको खेल बराबरीमा ,युक्रेनले स्विजरल्याण्डलाई हरायो

एजेन्सी, १९ भदौ । युरोपियन फुटबल एसोसिएसन यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । बिहीबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनायो । गोसेन्सको पासलाई सदुपयोग गर्दै वार्नरले जर्मनीलाई अघि बढाएका थिए । वार्नर भर्खरैमात्र ५४ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सीसंग आबद्ध भएका छन् । हारतर्फ उन्मुख स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो ।

रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए ।दुवै टिम झण्डै १० महिनापछि अन्तराष्ट्रिय फुटबलमा फर्किएका हुन् । स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी एनरिकले दोस्रो पटक सम्हालेका हुन् । बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले खेलमार्फत राम्रो संकेत दिएका थिएका छन् ।

सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई बलिया मुलुक जर्मनी र स्पेनबीच यो पलिो खेल हो । यहि समूहको अर्को खेलमला युक्रेनले स्विजरल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै ३ अंक बटुल्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);