नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेल हुँदै


एजेन्सी,२१ भदाै । युरोपियन फुटबल यूईएफए नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेलहरु हुँदैछन्। लिगमा आज जर्मनी, स्पेन,वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्दैछन ।लिग ’ए’ समूह ४ मा रहेको जर्मनीले स्विजरल्यान्डसँग खेल्दैछ ।

स्विट्जरल्यान्डको घरेलु मैदानमा हुने जर्मनी र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।जर्मनी स्विजरल्यान्डविरुद्ध पहिलो जित निकाल्ने दाउमा छ । लिगको यो सिजनको पहिलो खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसैगरी लिगको पहिलो खेलमा हार व्यहोरेको स्विट्जरल्यान्ड पनि जर्मनीबिरुद्ध जित निकालेर पहिलो अंक जोड्ने योजनामा छ ।

पहिलो खेलमा स्विट्जरल्यान्ड युक्रेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो । यही समूहको अर्को खेलमा स्पेनले युक्रेनसँग खेल्दैछ । उक्त खेल पनि नेपाली समय अनुसार राति साँढे १२ बजेनै शुरु हुनेछ ।

यसैगरी लिगमा वेल्सले बुल्गेरिया,आयरल्याण्डले र फिनल्याण्डसंग खेल्दैछ । यस्तै रुसले हंगेरीसँग उसैको मैदानमा खेल्नेछ । अन्य खेलमा ग्रिसले कोसोभो, सर्बियाले टर्की, माल्टाले लाट्भिया र एण्डोराले फारोई आइसल्याण्डसँग खेल्नेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);