ला लिगा : बार्सिलोना र रियलको प्रतिद्धन्द्धी को ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ला लिगा : बार्सिलोना र रियलको प्रतिद्धन्द्धी को ?

barce_real_previo

काठमाडौं, १७ कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शनिबार) राति चार खेल हुँदैछन् । आजको खेलमा दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोना पनि खेल्दै छन् ।

शनिबार हुने पहिलो खेलमा एथलेटिको मड्रिडले लेगानेशको घरेलु मैदानमा उसैको सामना गर्दै छ । त्यस्तै आज हुने दोस्रो खेलमा रियल मड्रिडले रियल वल्दोलिदविरुद्ध खेल्दैछ ।

रियलले यो खेल आफ्नै घरेलु मैदानमा खेल्दै छ । रियल र वल्दोलिदबीचको खेल नेपाली समय अनुसार ९:०० बजे सुरु हुनेछ ।  वल्दोलिदविरुद्ध रियल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, वल्दोलिदको योजना रियललाई उसैको मैदानमा हराउने रहेको छ ।

रियल लिगको १० खेल सकिदा १४ अंक जोडेर नवौं स्थानमा छ । यस्तै वल्दोलिदे १६ अंक जोडेर छैटौँ स्थानमा छ ।

यस्तै बार्सिलोनाले रयो भलेक्यानोसँग खेल्दैछ । बार्सिलोना र रयो भलेक्यानोबिचको खेल नेपाली समय अनुसार राति १:३० मा हुनेछ । भलेक्यानोविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानमा एथावत रहने योजनामा हुनेछ । बार्सिलोना १० खेलबाट २१ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ ।

त्यस्तै आज राति ११:४५ बजेबाट शुरु हुने खेलमा जिरोनाले भ्यालेन्सीया को सामाना गर्दै छ । भ्यालेन्सीयाको घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै अंक तालिकामा माथि उक्लन चाहान्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);