अलपत्र रहेको बैतडीको क्रिकेट मैदानको निर्माण कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अलपत्र रहेको बैतडीको क्रिकेट मैदानको निर्माण कार्य सुरु

प्रेम भाट
बैतडी, १७ कात्तिक । विगत तीन वर्ष देखि निर्माण कार्य अलपत्र रहेको बैतडीको दशरथचन्द नगरपालिका– ५ मा रहेको राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने भएको छ ।

साना खेलकुद प्रतियोगिताहरु हुँदै आएको उक्त खेलमैदान राष्ट्रिय खेलकुद परिषद राखेपले निर्माणको नाममा भत्काएर अलपत्र अवस्थामा राखेको थियो । हाल दशरथचन्द नगरपालिकाले उक्त मैदान निर्माणमा चाँसो देखाएपछि अलपत्र क्रिकेट मैदान बन्ने भएको हो ।

वैतडी जिल्लाको साविकको जिल्लाविकास समिती र नरपालिकाको सहयोगमा निर्माण भएको सुन्दरखाली क्रिकेट मैदानमा जिल्लास्तर देखी क्षेत्रियस्तरका प्रतियोगिता संचालन हुँदै आएको थियो ।

दुई बर्ष अघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बहुउद्देशीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनले निर्माण कार्यको जिम्मा पाएको थियो ।

१ करोड ४० लाखमा स्वीकृत ठेक्का अनुसारको काम सम्पन्न हुँदा समेत भुक्तानी नपाउँदा मैदानको निर्माण कार्य विगत दुई वर्षदेखि स्थगित रहेको छ । स्टीमेट अनुसारको काम गरिसक्दा समेत राखेपले भुक्तानी दिन आनाकानी गरेकाले निर्माणकार्य रोकिएको निर्माण व्यवसायी सुरेस बहादुर चन्दले बताए ।

नौ महिनाको समयाअवधि पाएको कम्पनीले आफ्नो सम्झौता अगाडि नै काम सम्पन्न गरेकोे कम्पनीले जनाएको छ । खेलमैदानको पुरै काम नसकिंदै ठेक्का सम्झौता तोडिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले मैदान अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले सुविधा सम्पन्न बनाउन नसके पनि खेल्न लायकको बनाउन छिट्टै निर्माण कार्य थालिने दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिहरुको भनाई छ ।

करिव ११ करोडको लागत अनुमान सहित निर्माणकार्य चलिरहेको स्टेडियमको निर्माण दुई बर्ष अघिदेखि रोकिएको थियो । काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीहरुका लागि खेलमैदान अभाव भएको छ ।

राष्ट्रिय स्तरका खेलमा राम्रै छबि बनाएका यहाँका खेलाडीहरु अहिले मर्कामा परेका छन् । छिटो भन्दा छिटोे खेलमैदान निर्माण कार्य सम्मन्न गर्नुपर्ने क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर ६ का अध्यक्ष विनोद बहादुर चन्दको भनाई छ ।

५५गज भन्दा बढीको खेलमैदान, ड्रेसिङ रुम, पेभेलियन, प्रशासकिय भवन, जिम हल, तालिम हल सहितको सुविधा सम्पन्न खेलमैदान बनाउने तयारी स्वरुप निर्माण सुरु भएको मैदान अहिले अलपत्र छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);