इटहरी उपमहानगरले तीन वर्ष पहिला घोषणा गरेको क्रिकेट पार्क बनाउने योजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इटहरी उपमहानगरले तीन वर्ष पहिला घोषणा गरेको क्रिकेट पार्क बनाउने योजना अलपत्र

बिनोद आचार्य,
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका आफैँले करिब तीन वर्ष पहिला घोषणा गरेको ‘जनता क्रिकेट पार्क’ बनाउने काम अझै प्रारम्भ हुन सकेको छैन । उपमहानगरले पार्कलाई पहिलो प्राथमिकता र क्रिकेटलाई दोश्रो प्राथमिकतामा राखेपछि सरोकारवालाहरु रुष्ट भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाले तीनवर्ष पहिला उपमहानगरको ९ नम्बर वडामा रहेको डिभिएम स्कुलको ‘ग्राउण्ड’लाई ‘जनताक्रिकेट पार्क’ बनाउने भने पनिअहिलेसम्म काम प्रारम्भ गर्न सकेको छैन् । मेयर द्वारिकलाल चौधरीले यसलाई पार्क मात्रै बनाउने भनेपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि त्यहाँ क्रिकेट पनि थपिएको हो । तर, तीन वर्ष वितिसक्दा पनि क्रिकेटको आधारभूत पूर्वाधार नै निर्माण नगर्नाले समस्या सिर्जना भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

७ औँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका सम्पूर्ण खेल भएको र राष्ट्रिय स्तरबाट ध्यानाकर्षण भएको खेल मैदान बनाउने काममा उपमहानगरले ढिलाई गर्नु दुखद भएको क्यानको गुनासो छ ।

खेल मैदानभएको जग्गा ऐलानी भएपनि डिभिएम स्कुलले गैरकानुनी रुपमा प्रयोग गर्दै आएको थियो । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि यसको भ्रमण गरेका थिए । यहाँ क्रिकेट मैदान उपयुक्त हुने उनले भ्रमणताका प्रतिक्रिया दिएका थिए ।

यता उपमहानगरले भने त्यहाँ पार्क बनाउने सवालमा कसरत गरिरहेको बताएको छ । तर, क्रिकेटभने आफ्नो दोश्रो प्राथमिकतामा रहेको मेयर चौधरीले बताए । उनले जग्गाका सम्बन्धमा जिल्ला अदालत सुनसरीमा परेको मुद्दा र लागतका कारण पार्क बनाउने काम पर धकेलिएको जानकारी दिए ।

यसको लागतकरिब १५ करोड हुने डिपिआरमा उल्लेख छ । अबको दुई वर्षमा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मेयर चौधरीको भनाई छ । तर, उनको कार्यकाल एक वर्ष भन्दा कम मात्रै बाँकी रहेकाले यो खेल मैदान नबन्ने निश्चितप्रायः छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);