ला लिगामा आज बार्सिलोना र स्पानियोल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगामा आज बार्सिलोना र स्पानियोल भिड्दै

barca vs espanyol

एजेन्सी, २४ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले आज स्पानियोलसँग खेल्दैछ । साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा स्पानियोलसँग खेल्न लागेको हो ।

दुई टिमबीचको खेल राति पौने २ बजे सुरु हुनेछ । घरेलु मैदान क्याम्प नाउँमा बार्सिलोना कमजोर टिमविरुद्ध सहज जित निकालेर शीर्ष स्थानको रियल म्याड्रिडसँगको अंक दुरी घटाउने दाउमा छ ।

लिगको पुछारमा रहेको स्पानियोललाई हराउँन बार्सिलोनालाई कठिन नहुने ठानीएको छ । बार्सिलोना रियल म्याड्रिड भन्दा ४ अंकले पछि रहेको छ । स्पानियोललाई हराएमा बार्सिलोनाले रियलसँगको दुरी १ अंकमा झार्ने छ ।

बार्सिलोनाले ३४ खेलमा ७३ अंक जोडेको छ । रियलको ७७ अंक रहेको छ । पुछारको स्पानियोलले २४ अंक जोडेको छ । ला लिगा अन्तर्गत नै आज राति गेटाफेले भिया रियलसँग तथा रियल बेटिसले ओसासुनासँग खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);