नेसन्स लिग फुटबलमा आज ८ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नेसन्स लिग फुटबलमा आज ८ खेल हुँदै

एजेन्सी, २२ भदौ । युरोपियन फुटबल एसोसिएसन यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछ । आज इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रिया लगायतका देशले प्रतिस्पर्धा गर्ने छन् । इटालीले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ । इटाली र नेदरल्यान्ड्सबिचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स विरुद्धको खेलमा इटाली यो प्रतियोगिताको पहिलो जितको दाउमा हुनेछ । लिग ’ए’ समूह १ मा रहेको इटालीले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको थियो नेदरल्यान्ड्स भने लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई १–० ले हराएको थियो । आजै नर्वे र उत्तरी आयरल्याण्ड तथा चेक गणतन्त्र र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने छ । कजाकिस्तानले बेलारुससँग खेल्दा इजरायलले स्लोभाकियासँग खेल्नेछ । अष्ट्रिया र रोमानिया तथा अल्बानिया र लिथुनियाबीच पनि आजै खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);