युरोपेली नेसन्स लिग फुटबलः इटालीसँग १–० गोल अन्तरले नेदरल्यान्ड्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

युरोपेली नेसन्स लिग फुटबलः इटालीसँग १–० गोल अन्तरले नेदरल्यान्ड्स पराजित

एजेन्सी, २३ भदौ । युरोपेली नेसन्स लिग फुटबलमा इटालीले नेदरल्याण्ड्समाथि जित निकालेको छ ।

सोमबार राति समूह बीको खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

इटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए । एभर्टनका फरवार्ड मोइन केनले इटालीको अग्रता बढाउने अवसर गुमाएका थिए । घरेलु टोलीका मेम्फिस डिपेले समेत अन्तिम समयमा गोलको अवसर खेर फालेका थिए ।

त्यस्तै गत राति नै सम्पन्न सोही समूहको अर्को खेलमा पोल्याण्ड जित निकालेको छ । पोल्याण्डले बोस्निया हर्जगोभिनामाथि २–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

वेस्ट ह्यामका विङ्गर कामिल ग्रास्की र कामिल ग्लिकले पाहुना टोलीका लागि गोल गरेका थिए । हारिस हाजराडोविकले पेनाल्टीमा घरेलु टोली बोस्नियालाई सूरुवाती अग्रता दिलाएका थिए ।

समूहमा इटाली २ खेलबाट ४ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पोल्याण्ड र नेदरल्याण्ड्सको समान ३ अंक छ । पुछारको बोस्नियाको १ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);