रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित

एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपीएल) मा म्यानचेष्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

लण्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो । खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे । 

खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए । लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए । खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए । 

जितसँगै म्याचनेष्टर युनाईटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र १ बराबर गरेको युनाईटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि लअन्तरका आधारमा दोस्रो  स्थानमा रहेको हो ।

यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जित, २ बराबर र १ हारसहित ८ अंक बनाउँदै आठौं स्थानमा रहेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);