प्रिमियर लिग : साउथह्याम्पटनसँग २–१ गोल अन्तरले ब्राइटन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग : साउथह्याम्पटनसँग २–१ गोल अन्तरले ब्राइटन पराजित

एजेन्सी, २३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले जित निकालेको छ । सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए । खेलमा अग्रता २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन ९ मिनेट अघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै साउथह्याम्टन २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ भने ब्राइटन १० अंकसहित तालिकाको १६ औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);