प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित

एजेन्सी, २९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दै लेष्टरले सहज जित निकालेको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गरे भने जेमी भार्डीको नाममा एक गोल रह्यो ।

खेलको २७ औं मिनेटमा म्याडिसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा भार्डीले गोल गर्दा लेष्टर २–० ले अघि रह्यो । त्यसपछि खेलको ४४ औं मिनेटमा म्याडिसनले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३–० को सहज जित दिलाए ।

जितसँगै लेष्टर तालिकाको तेस्रो स्थानमा उक्लिदै १२ खेलमा २४ अंक जोडेको छ भने ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);