टोटेनहमद्धारा लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टोटेनहमद्धारा लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित

एजेन्सी, ५ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे भने टोटेनहमले एक गोल आत्मघाती उपहार पायो । टोटेनहम स्टेडियममा छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।

३७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ४० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–० को जित दिलाए । जितसँगै टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३७ खेलमा ५८ अंक जोडेको छ । लेष्टर ६२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);