इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमकोे सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमकोे सहज जित

एजेन्सी, २४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई÷दुई गोल गरे । क्रिस्टलका लागि क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा बेलको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेन्टेकेले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । तर, ४९ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम ४–१ ले विजयी भयो । जितसँगै टोटेनहमले २७ खेलमा ४५ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ । क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);