एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटनहमले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको मैत्रीपूर्ण खेलमा टोटेनहमले कोलचेस्टर युनाईटेडमाथि ३-० गोल अन्तरको जित निकालेको हो ।
कम्युनिटी स्टेडियममा ११ औं मिनेटमा सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा लुकासले गोल गर्दै टिमलाई अग्रता २-० काे अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा अलीले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।




