टोकियो ओलम्पिकको जुडोतर्फ नेपालकी सोनिया भट्टको पहिलो खेल रुसकी डोल्गोभा इरिनासँग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टोकियो ओलम्पिकको जुडोतर्फ नेपालकी सोनिया भट्टको पहिलो खेल रुसकी डोल्गोभा इरिनासँग

काठमाडाैं । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् ।

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार ४८ केजी तौल समूह अन्तर्गत जुलाई २४ मा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो ।

सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् उनले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् ।

नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले जुनियर विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);