टोकियो ओलम्पिकमा नेपालको निराशाजनक प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

टोकियो ओलम्पिकमा नेपालको निराशाजनक प्रदर्शन

काठमाडाैं । टोकियो ओलम्पिक अन्तर्गत पहिलो दिनको खेलमा नेपालको प्रदर्शन निराशाजनक रहेको छ ।

शनिबार नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि छनोट चरणबाटै बाहिरिएकी छन् ।

महिला १० मिटर एअर राइफलको छनोट चरणमा ६ सय १६ दशमलव८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् ।

छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् । यसैगरी नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग इप्पोनको आधारमा पराजित भएकी हुन् ।

१९ वर्षीय सोनियाले विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग १ मिनेट १६ सेकेण्डमै खेल गुमाइन् । इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);